काठमाडौं उपत्यकामा एकै दिन ५३ संक्रमित थपिए, २३ संक्रमित नेपाल प्रहरीका

काठमाडौं , साउन १३ । काठमाडौं उपत्यकामा मंगलबार ५३ जना कोरोना भाइरसको संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५३ जना संक्रमित थपिएको नियमित प्रेस ब्रिफिङमार्फत जानकारी दिए ।

उनका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका ११ जना र भक्तपुरका १ जना गरी १२ जनामा कोरोना संक्रमण देखिएको छ ।

त्रिवि शिक्षण अस्पताल ९टिचिङ० मा गरिएको परीक्षणमा काठमाडौंका १ जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा काठमाडौका ९ र ललितपुरका १ जना संक्रमित थपिएका उनले जानकारी दिए ।

त्यसैगरी, पाटन अस्पतालमा गरिएको परीक्षणमा ललितपुरका १ जना र नेपाल प्रहरी अस्पतालमा गरिएको परीक्षणमा काठमाडौका २१ जना कोरोना संक्रमित थपिएका छन् ।

स्टार अस्पताल सानेपामा काठमाडौका ६ जना र ललितपुरका २ जना कोरोना संक्रमित थपिएका छन् । मंगलबार देशैभर ३११ जना कोरोना संक्रमित थपिएका मन्त्रालयले जनाको छ ।
सोमबार उपत्यकामा ६ जना र आइतबार ८ जना संक्रमित थपिएका थिए ।

प्रतिक्रिया दिनुहोस्