आज थप ३११ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १९ हजार ६३ पुग्यो

काठमाडौं, साउन १३ । नेपालमा मंगलबार थप ३११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १९ हजार ६३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले मंगलबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्