प्रहरी हेडक्वार्टरका थप २३ जनामा कोरोना पुष्टि

काठमाडौं , साउन १३ । नेपाल प्रहरीको हेडक्वार्टरमा कार्यरत थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
थप २३ जनामा संक्रमण पुष्टि भएको नेपाल प्रहरीका प्रवक्ता निरजबहादुर शाहीले जानकारी दिए । ‘उहाँहरुलाई अब सशस्त्र प्रहरीको बलम्बु अस्पतालमा पठाउने तयारी भइरहेको छ’ शाहीले भने ।

हिजो मात्र २३ जनामा संक्रमण पुष्टि भएपछि संक्रमितको संख्या २७ पुगेको प्रहरी प्रधान कार्यालयको स्रोतले बताएको छ।प्रहरी प्रवक्ता एआईजी निरज शाहीका अनुसार स्वास्थ्य मन्त्रालय र प्रहरी अस्पतालको संयुक्त टोलीले जाँच र संक्रमितको सम्पर्कमा आएकोको ट्रेसिङ प्रक्रिया अगाडि बढाएको छ ।

हेडक्वार्टरमा कार्यरत चार जनामा आइतबार कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरुको सम्पर्कमा आएकाहरुको परीक्षणका क्रममा थप संक्रमित भेटिएका हुन् । संक्रमित हुनेहरुमा चालक, मेकानिक्स र मेसमा काम गर्नेलगायत छन् ।

प्रतिक्रिया दिनुहोस्