बुटवल पावरको एफपिओको बिक्री खुल्यो

काठमाडौं । बुटवल पावर कम्पनीले निष्कासन गरेको ४० करोड ८१ लाख रुपैयाँ बराबरको ४० लाख ८१ हजार कित्ता नयाँ सेयर निष्काशन (एफपिओ) को बिक्री खुला भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा ४०१ रुपैयाँ प्रिमियम सहित प्रतिकित्ता ५०१ रुपैयाँमा उक्त सेयर बिक्रीमा ल्याएको हो ।

कम्पनीको एफपिओ निष्काशनकर्ता एनएमबि क्यापिटल रहेको छ । एफपिओमा छिटोमा माघ १९ गते र ढिलोमा फागुन १५ गतेसम्म आवेदन गर्न पाइने कम्पनीले जनाएको छ ।

लगानीकर्ताले एनएमबि क्यापिटल नागपोखरी, लक्ष्मी क्यापिटल बानेश्वर, बुटवल पावर कम्पनी, वुद्ध नगर तथा आस्वा सदस्य रहेका जुनसुकै बैंक तथा वित्तीय संस्थाबाट आवेदन गर्न सकिनेछ ।

कम्पनीको एफपिओमा न्यूनतम १० कित्ता अर्थात पाँच हजार दश रुपैयाँदेखि अधिकतम २० हजार चार सय अर्थात एक करोड दुई लाख २० हजार चार सय रुपैयाँसम्मको आवेदन गर्न पाइनेछ ।

प्रतिक्रिया दिनुहोस्