दार्चुलामा पहिरोले घर पुर्दा पति पत्नि वेपत्ता

काठमाडौं, १३ साउन । दार्चुलाको दहुँ गाउँपालिका–३, सल्लीमा पहिरोले घर पुरिँएर दुई जना बेपत्ता भएका छन् । एक जना भने भागेर बाच्न सफल भएको छ ।

जिल्ला प्रहरी कार्यालय, दार्चुलाका प्रमुख डीएसपी पदमबहादुर विष्टका अनुसार गएराति पहिरो खस्दा घरमा रहेका ५० वर्षीय रामदत्त जोशी र उनकी ४५ वर्षीया पत्नी इन्द्रा पुरिएको र उद्धार कार्य जारीको छ ।

छोरा २१ वर्षीय सुनिल भने भागेर जोगिएका छन् । पहिरो जाँदा जाँदै आफू भाग्न सफल भएको उनले बताएका छन् । बुबाआमा पनि निस्किन खोजेको यद्यपि, जोगिन नसकेको उनले प्रहरीसँग बताए । बेपत्ता बुबाआमाको खोजीमा ५ बजेदेखि प्रहरी परिचालित रहेको छ । अझै पलेला पारि सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्