कोरोनाबाटा कहाँ कति संक्रमित भए ?

संकाठमाडौं । पछिल्लो २४ घण्टामा थप १३९ जनामा कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण पुष्टि भएको छ । थप एक संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रबालयका अनुसार सबैभन्दा धेरै दैलेखमा २८ जना कोरोना संक्रमित थपिएका छन् ।

बैतडीका ४, काठमाडौं, ललितपुर र कास्कीमा ३/३ जना, सल्यानमा २ तथा सिरहा, काभ्रे, बाँके, रुपन्देही र सुर्खेतका एकरएक जनामा पनि संक्रमण देखिएको छ ।

त्यस्तै सप्तरीमा २१, पर्सामा २०, धनुषा र महोत्तरीमा १०र१० जनामा संक्रमण पुष्टि भएको छ ।

यससँगै नेपालमा कुल संक्रमितको संख्या १८ हजार ७७२ पुगेको छ । उनीहरु मध्ये ४८ जनाको मृत्यु भएको छ भने १३ हजार ७५४ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा मात्र विभिन्न आइसोलेसन सेन्टरबाट ६२६ जना डिस्चार्ज भएका थिए ।

प्रतिक्रिया दिनुहोस्