प्रदेश नं. १: प्रहरी कार्यालयका थप १९ जनामा कोरोना पुष्टि

काठमाडौं, साउृन ११ । प्रदेश नं. १ प्रहरी कार्यालय, विराटनगरमा कार्यरत थप १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । विराटनगर र धरानमा गरिएको परीक्षणमा १९ जनामा संक्रमण पुष्टि भएको हो ।

पाँच जना प्रहरी अधिकारीमा संक्रमण देखिएपछि सबै प्रहरीलाई क्वारेन्टिनमा राखेर परीक्षण थालिएको थियो । त्यसक्रममा कोरोना पुष्टि भएको हो ।

यसअघि पूर्वी नाका काँकरभिट्टामा कार्यरत १८ जना सशस्त्र प्रहरीमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । यता आज मात्रै प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत चार जना अधिकारीमा पनि संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्