२ लाख ६ हजारसहित काठमाडौंबाट जुवाडे र लुडो खेल्ने १५ जना पक्राउ

काठमाडौं , साउन ११ । काठमाडौंका दुई स्थानबाट २ लाख ६ हजार ४ सय ५० रुपैयाँसहित १५ जुवाडे पक्राउ परेका छन् ।

गोकर्णेश्वर नगरपालिका ६, नयाँबस्ती बस्‍ने ३५ वर्षीय शारदा श्रेष्ठको घरमा जुवातास खेलिरहेका ८ जनालाई १ लाख १९ हजार ४ सय रुपैयाँ प्रहरीले पक्राउ गरेको हो । महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

यस्तै काठमाडौं महानगरपालिका १४, सुनारगाँउस्थित राजकुमार कार्कीको घरमा रकम हार(जित हुने गरी लुडो खेलिरहेको अवस्थामा लुडो खेल्ने र खेलाउनेसमेत गरी सातजना पक्राउ परेका छन् ।

उनीहरुको साथबाट नगद ८७ हजार ५० रुपैयाँ बरामद भएको छ । महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्