कोरोनाको जोखिम बढ्दो क्रममा, विराटनगरमा फेरि लकडाउन गर्ने तयारी

काठमाडौं, साउन ११ । कोरोना भाइरस कोभिड १९ को जोखिम बढ्दो क्रममा रहेको भन्दै जुनसकै बेला लकडाउनमा जान सकिने विराटनगर महानगरपालिकाले निश्कर्ष निकालेको छ।

आइतबार बसेको नगरको उच्चस्तरी समन्वय समितिको बैठकले अतिआवश्यकीय काम बाहेक घरबाहिर ननिस्कन र बजार पसलमा सुरक्षाको उपाय अनिवार्य गर्न भनिएको छ।

नगर प्रमुख भिम पराजुलीका अनुसार कोेरोना भाइरसको जोखिम उच्च बन्दै गएकोप्रति नगर संवेदनशिल रहेको बताएका छन्।उनले सरकारले लकडाउन खुल्ला गरेपछि संक्रमणको जोखिम बढ्दै गएकोप्रति महानगरको गम्भिर ध्यान गइरहेको जानकारी दिए।

यसैबीच विराट नर्सिङहोमका चिकित्सक नै संक्रमित हुनुले भय सृजना गरेको र यसबाट बच्न सबैले सहयोग पुर्‌याउनुपर्ने उनको भनाई छ ।

‘हामीले जुनसुुकै बेला कडा निर्णय पनि गर्नुपर्ने हुन्छ।’ उनले भने ‘अहिले हामी यो अध्ययन गर्दैछौँ कि लकडाउन मै जानुुपर्ने अवस्था आयो भने पनि के के पूर्वतयारी गर्नुुपर्छ।’

नगरपालिकाले कोरोना भाइसर समुुदाय तहमा पुुग्ने त्यसको क्षती भयावह हुनेभन्दै भौतिक दुरी कायम गर्ने र स्वास्थ्य सचेतनाका उपाय अवलम्बन गर्न आग्रह गरेको छ। त्यस्तै नगर भित्र मास्क प्रयोगलाई अनिवार्य गरिएको छ भने नलगाइ हिँड्नेलाई कारवानी गर्न अनुुगमन समिति समेत बनाएको छ।

प्रतिक्रिया दिनुहोस्