प्रहरी हेडक्वार्टरमा कार्यरत चार जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, साउन ११ । प्रहरी प्रधान कार्यालयमा कार्यरत चार जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

प्रहरी प्रधान कार्यालय नक्सालस्थित सवारी शाखामा कार्यरत प्रहरीलाई संक्रमण देखिएको प्रहरी प्रवक्ता डिआइजी निरजबहादुर शाहीले जानकारी दिए ।

प्रवक्ता शाहीले भने, ‘प्रहरी अस्पतालमा गरिएको परीक्षणमा ४ जनामा संक्रमण देखिएपछि पुनः पुष्टिका लागि स्वाव संकलन गरेर टेकु पठाइएको छ । यसबाहेक कन्ट्याक ट्रेसिङका आधारमा अन्य प्रहरीको पनि स्वाव संकलन गरेर परीक्षणका लागि पठाइएको छ।’

प्रतिक्रिया दिनुहोस्