आज काठमाडौं उपत्यकामा थपिए ३ कोरोना संक्रमित , कहाँ कति थपिए ? (सुचिसहित)

काठमाडौं, सनउन १० । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

शनिबार स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा। जागेश्वर गौतमले उपत्यकाका थप ३ जनामा कोरोना पुष्टि भएको बताए।

प्रवक्ता गौतमका अनुसार काठमाडौँका २ र ललितपुरका १ जनामा कोरोना पुष्टि भएको हो। पाटन अस्पतालमा गरिएको परीक्षणमा काठमाठडौँका १ र ललितपुरका १, स्टार अस्पताल सानेपामा काठमाडौँका १ जनामा कोरोना पुष्टि भएको हो।

कहाँ कति थपिए ? 

डा गौतमका अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको झापाका एकजना र खोटाङका एकजना, गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा गरिएको परीक्षणमा सप्तरीका ११ जना, नारायणी अस्पताल वीरगंजमा गरिएको परीक्षणमा पर्साका ८ जना र रौतहटका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा सर्लाहीका एकजना, भरतपुर अस्पतालमा गरिएको परीक्षणमा चितवनका एकजना, किटजन्य रोग अनुशन्धान तथा तालिम केन्द्र हेटौडामा गरिएको परीक्षणमा बाराका एकजना, मकवानपुरमा एकजना, नवलपरासी पूर्वका एकजना, रौतहटका ३ जनतामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै पाटन अस्पतालमा गरिएको परीक्षणमा काठमाडौँका एकजना, ललितपुरका एकजना र अछामका एकजनामा कोरोला संक्रमण पुष्टि भएको छ ।

यस्तै वीर अस्पतालमा गरिएको परीक्षणमा बाराका २ जना, स्टार अस्पतालमा गरिएको परीक्षणमा काठमाडौँका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गुल्मीका ३ जना, कपिलवस्तुका ६ जना र पाल्पाका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भेरी अस्पताल नेपालगञ्जमा बाँकेका दुईजना, बर्दियाका २ जना, दाङका ५ जना, लुम्बिनी प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा नवलपरासी पूर्वका ३ जना र तनहुँका एक जना, सुर्खेत प्रादेशिक अस्पताल सुर्खेतमा गरिएको परीक्षणमा अछामका दुइजना, कालीकोटका तीनजना, दैलेखका तीन जना, हुम्लाका एकजना, जाजरकोटका ६ जना, मुगुका दुई जना, सुर्खेतका११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै डडेल्धुरा अस्पतालमा गरिएको परीक्षणमा डडेल्धुराका चारजना, डोटीका १३ जना र बैतडीका तीनजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्