आज १०९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १८ हजार ४८३ पुग्यो

काठमाडौं, साउन १० । नेपालमा शनिबार थप १०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १८ हजार ४८३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शनिबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।४ हजार ७५ जनामा गरिएको पीसीआर परीक्षणमा उक्त संख्यामा संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए।

उनका अनुसार देशभरका क्वारेन्टिनमा १८ हजार एक सय ८३ जना छन् भने आइसोलेसनमा पाँच हजार तीन सय ८५ जना छन्।

शनिबार कोरोना निको भएर १०६ जना घर फर्किए भने अहिलेसम्म कोरोना निको हुनेको संख्या १३ हजार ५३ पुगेको छ।पछिल्लो २४ घण्टामा थप १०६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १३ हजार ५३ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

प्रतिक्रिया दिनुहोस्