प्रदेश सरकार चलाउन तत्काल करिब १ हजार ५ सय कर्मचारी !
काठमाडौँ । सरकारले सातवटा प्रदेशमा प्रदेश सरकार चलाउन तत्काल करिब १ हजार ५ सय कर्मचारी खटाएको छ ।
प्रदेशमा खटिने कर्मचारीहरु प्रदेश प्रमुखको कार्यालय, प्रदेश मन्त्रिपरिषद तथा मुख्य मन्त्रीको कार्यालय, प्रदेश मन्त्रालय तथा प्रदेशसभा सचिवालयमा जाने भएका छन् ।
सरकारले प्रदेश प्रमुखको कार्यालय तथा प्रदेश मुख्य मन्त्रीको कार्यालयको संठगनात्मक संरचना पनि तयार गरेको छ ।
सामान्य प्रशासन मन्त्रालयले सातवटा प्रदेशमा करिब तीन हजार कर्मचारी आवश्यक पर्ने अनुमान गरेको छ ।
त्यसमध्ये तत्काल अस्थायी व्यवस्थापनका लागि करिव १ हजार ५ सय कर्मचारी खटाईएको मन्त्रालयका कर्मचारीहरु बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्