७ किलो अफिमसहित दाङबाट चारजना पक्राउ

काठमाडौं, साउन १० । दाङ प्रहरीले लागूपदार्थजन्य पदार्थ अफिमसहित चार जनालाई पक्राउ गरेको छ ।

दाङका प्रहरी प्रमुख एसपी गणेश चन्दले कालोपदार्थ जस्तो देखिने अफिमसहित चार जनालाई पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ परेका चारै जनालाई प्रहरीले पत्रकार सम्मेलन गरेर सार्वजनिक समेत गरेको छ । बिशेष सूचनाका आधारमा भालुबाङबाट उनीहरुलाई अफिमसहितपक्राउ गरेको एसपी चन्दले बताए ।

पक्राउ परेकाहरुको साथबाट मोबाइल, सिमकार्ड, मोटरसाइकललगायत सामानहरु बरामद भएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्