कोरोना प्रकोपः विश्वभर १ करोड ५९ लाख संक्रमित, ६० प्रतिशत बढी निको भए
काठमाडौं , साउन १० । विश्वभर १ करोड ५९ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण देखिए पनि ६० प्रतिशत बढी निको भएका छन् ।
यो समाचार तयार पार्दासम्म एकै दिन २ लाख ८८ हजार २५४ जनामा संक्रमण देखिए छ । योसँगै शनिबार बिहान यो समाचार तयार पार्दासम्म विश्वभर संक्रमित हुनेको संख्या १ करोड ५९ लाख ३० हजार ६७१ पुगेको छ ।
यसमध्ये ६०।९८ प्रतिशत संक्रमित उपचारपछि निको भएको वर्ल्डोमिटर्सले जनाएको छ । अर्थात यो समाचार तयार पार्दासम्म निको हुने संक्रमितको संख्या ९७ लाख १५ हजार ९८३ छ ।
पछिल्लो २४ घण्टामा ६ हजार १८२ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ६ लाख ४१ हजार ८६८ पुगेको छ । मृतक संख्या कुल संक्रमितको ४ दशमलव ०२९ प्रतिशत हो ।
कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ९५४ जनाको मृत्यु भएको छ । २७ लाख ५२ हजार ३६२ जना संक्रमित भएकोमा १६ लाख ५१ हजार १७३ जना संक्रमणमुक्त भएका छन् ।
उत्तर अमेरिकी मुलुकहरुमा २ लाख ५ हजार १५४ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ४९ लाख ७२ हजार ८४४ पुगेको छ । त्यसमध्ये २४ लाख ७९ हजार ७५४ जना संक्रमणमुक्त भएका छन् ।
यस्तै एसियाली मुलुकहरूमा ८७ हजार ३५४ जनाको मृत्यु भएको छ । ३७ लाख ५० हजार ५३४ जना संक्रमित भएकोमा २६ लाख ९१ हजार ५५३ जना संक्रमणमुक्त भएका छन् ।
दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख ३१ हजार ८४ जनाको मृत्यु भएको छ । ३६ लाख २४ हजार ७५१ जना संक्रमित भएकोमा २४ लाख १७ हजार ९६ जना संक्रमणमुक्त भएका छन् ।
अफ्रिकी मुलुकहरूमा १७ हजार १४६ जनाको ज्यान गएको छ भने ८ लाख १४ हजार १६५ संक्रमित छन् । संक्रमितमध्ये ४ लाख ६५ हजार ३५७ जना संक्रमणमुक्त भएका छन् ।
त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १६१ जनाको मृत्यु भएको छ । १५ हजार २९४ जना संक्रमित भएकोमा १० हजार ३९९ जना संक्रमणमुक्त भएका छन् ।
प्रतिक्रिया दिनुहोस्