भारतमा संक्रमण दिनप्रतिदिन बढ्दै, एकैदिन फेला परे ४९ हजार , मृत्यु हुनेको संख्या साढे ३० हजार नाघ्यो

काठमाडौं, साउन ९ । भारतमा कोरोना संक्रमणको अवस्था दिनप्रतिदिन बढ्दै गएको छ ।पछिल्लो २४ घण्टामा मात्रै भारतमा ४९ हजार ३ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भारतमा एकैदिनमा धेरै व्यक्तिमा संक्रमण देखिएको यो पहिलो पटक हो ।योसँगै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १२ लाख ८७ हजार ९ सय ४५ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट थप ७ सय ४० जनाको मृत्यु भएको छ ।भारतमा अहिलेसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३० हजार ६ सय १ पुगेको छ ।
भारतमा हिजो ४५ हजार ७ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने ११ सय २९ जनाको मृत्यु भएको थियो ।

कोरोना संक्रमण पुष्टि भएकामध्ये ८ लाखभन्दा बढी निको भएका छन् ।कोरोना भाइरसबाट सबैभन्दा बढी महाराष्ट्र राज्य प्रभावित भएको छ ।अहिलेसम्म महाराष्ट्रमा संक्रमितको संख्या तीन लाख ४७ हजार ५ सय २ पुगेको छ ।

त्यस्तै महाराष्ट्रमा १२ हजार ८ सय ५४ को मृत्यु भएको छ ।महाराष्ट्रमा अहिलेसम्म एक लाख ९४ हजारभन्दा बढी निको भएका छन् ।त्यस्तै तमिलनाडुमा एक लाख ९२ हजारभन्दा बढी संक्रमित भएका छन् भने तीन हजार २ सय ३२ जनाको मृत्यु भएको छ ।

तमिलनाडुमा एक लाख ३६ हजारभन्दा बढी निको भएका छन् । त्यस्तै राजधानी दिल्लीमा एक लाख २७ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।दिल्लीमा कोरोना संक्रमणबाट तीन हजार ७ सय ४५ जनाको मृत्यु भएको छ । दिल्लीमा संक्रमण पुष्टि भएकामध्ये एक लाख ९ हजारभन्दा बढी निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्