कोरोनाबाट ८५ वर्षे वृद्धाको मृत्यु, नेपालमा मृतकको संख्या ४४ पुग्यो

काठमाडौं, साउन ९ । नेपालमा थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । नारायणी अस्थायी कोरोना अस्पतालमा उपचाररत ८५ वर्षीया वृद्धाको कोरोनाबाट मृत्यु भएको हो ।योसँगै नेपालमा मृतकको संख्या ४४ पुगेको छ ।

वीरगन्ज महानगरपालिका– ११ निवासी उनमा मुटु रोगको समस्या भएको र अहिले निमोनिया भएर अस्पताल भर्ना भएको अस्पताल डाक्टर उदय नारायण सिंहले  बताए ।

कोरोना अस्पतालका इन्चार्ज डा। निरज सिंहका अनुसार शुक्रबार कोरोना अस्पतालमा मृत्यु भएकी महिला वीरगन्जकै एडभान्स मेडिकेयर हस्पिटलबाट बिहीबार रिफर भएर कोरोना अस्पताल आएकी थिइन् ।

ती वृद्धामा बुधबार कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना अस्पतलाको आइसियु कक्षमा उपचार गर्दागर्दै शुक्रबार बिहान पौने ७ बजे उनको मृत्यु भएको डा सिंहले‍ बताए ।

गत मंगलबार कोरोना अस्पतालमै उपचार गराइरहेका वीरगन्ज– ६ माईस्थानका ७० वर्षीय वृद्धको मृत्यु भएको थियो । बुधबार साँझ कोरोना संक्रमण पुष्टि भएपछि ७० वर्षीय वृद्धको बिहीबार नेपाली सेनाले अन्तिम संस्कार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्