शहीद सप्ताहः आज गंगालाल श्रेष्ठ र दशरथ चन्दको स्मरण!

काठमाडौं – हरेक वर्ष सप्ताहव्यापी रुपमा मनाउदै आएको शहीद सप्ताह अन्तर्गत आज गंगालाल श्रेष्ठ र दशरथ चन्दको स्मरण गरिदै छ ।

उहाँहरुलाई राणाहरुले आजकै दिन एकैचोटी काठमाडौको शोभा भगवतीमा मृत्युदण्ड दिइएका थिए । विसं १९९७ माघ १५ गते उहाँहरुलाई प्रजातन्त्रका लागि जनतालाई एकजुट बनाएको र शिक्षित गराएको आरोपमा मृत्युदण्ड दिएको थियो ।

राणा शासकहरुले मृत्युदण्ड दिइएको स्थान शोभा भगवतीमा आज विहानै देखि श्रद्धा व्यक्त गर्नेहरुको घुईचो लागेको छ ।
काठमाडौ महानगरपालिकाको संयोजकत्वमा विसं २०१२ देखि प्रत्येक वर्ष सहिद सप्ताहको आयोजना गरिँदै आएको छ । यसैबिच भोलीे विशेष कार्यक्रमका साथ देशभर शहीद दिवश मनाइदैछ ।

प्रतिक्रिया दिनुहोस्