झापामा डुबेर तीन बालकको मृत्यु

काठमाडौं, साउन ८ । झापामा डुबेर तीन बालकको मृत्यु भएको छ । भद्रपुरको निर्माणधिन कमलधाप सिमासर क्षेत्रमा डुबेर तीन बालकको मृत्यु भएको हो । भद्रपुर नगरपालिका दुई कमलधाप सीमसार क्षेत्रमा माछा मार्न गएका बालकहरुको डुबेर मृत्यु भएको हो । मृत्यु हुनेमा भद्रपुर नगरपालिका २ बस्ने अनिल तामाङका दश वर्षीय छोरा अंसु तामाङ रहेका छन् ।

सिमसारमा डुबेका तामाङका शव हिजो फेला परेको हो । सिमसारमै डुबेका अन्य दुई वालक पनि आज विहान मृत अवस्थामा फेला परेका हुन । मृत अवस्थामा भेटिनेमा झापा गरामनिका १४ वर्षका करण थामी र उनका भाइ १२ वर्षका अर्जुन थामी रहेका छन् ।

उनीहरु केही महिनादेखि भद्रपुरस्थित मामाघरमा बस्दै आएका थिए । सिमसार निर्माणका लागि ठेकेदारले खाल्डो बनाएर छाडेका कारण वालवालिका डुवेको स्थानीयले बताएका छन् ।

त्यस्तै बुधबार साँझ दमक नगरपालिका २ स्थित रतुवा खोलाको किनारमा इलाम चुलाचुली गाउँपालिका ५ बस्ने ४५ वर्षीय राम केरुङ मृत फेला परेका छन् ।

त्यस्तै झापा गाउँपालिका ६ कि ६५ वर्षीया हरिमाया सार्की घर पूर्व रहेको बाँसघारीमा मृत फेला परेको प्रहरीले जनाएको छ । निगुरो टिपेर फर्कने क्रममा उनको लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । यसरी वर्षाका बेला लगातार पानि परिरहेकाले विभिन्न ठाउँमा बाढि पहिरो तथा खालानाला बढेका छन् ।

प्रतिक्रिया दिनुहोस्