प्रदेश १मा थप चारजना प्रहरीमा कोरोना पुष्टि

काठमाडौं, साउन ८ ।प्रदेश १ मा थप चारजना प्रहरीमा कोरोना पुष्टि भएको छ । प्रहरी कार्यालयका थप चार जना प्रहरी अधिकारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको पाएको हो ।

बिहीबार थप चार जनामा संक्रमण पुष्टि भएको प्रदेश प्रहरी कार्यालय, विराटनगरका एसपी दीपक पोखरेलले अनलाइनखबरलाई बताए ।बताए ।

बुधबार एक जना प्रहरी अधिकृतमा कोरोना पुष्टि भएको थियो । प्रदेश प्रहरी कार्यालयका ११ जना अधिकारीमा गरिएको परीक्षणमा पाँच जनामा संक्रमण पुष्टि भएको हो । कोरोनाका संक्रमित बढ्दै जान थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्