‘२०२१ अघि भ्याक्सिन बन्ने आशा छैन’: डब्ल्यूएचओ

काठमाडौ. । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले बुधबार सन् २०२१ अघि भ्याक्सिन बन्ने कुनै आशा नभएको बताएका छन् । संगठनले भनेको छ, ‘यदि अनुसन्धानकर्ताले भ्याक्सिन बनाउन सफल भए पनि अर्को वर्षको सुरुवाती अघि आशा गर्न सकिँदैन । ’

डब्ल्यूएचओका कार्यकारी निर्देशक माइक रेयानले भ्याक्सिन बन्न थोरै अबेर भएपनि सुरक्षा मानकमा कुनै कमी हुन नहुने बताएका छन् ।

उता ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोको तेस्रो रिपोर्ट पनि पोजेटिभ आएको छ । यद्यपि, उनको स्थिती अहिले सुधारोन्मुख रहेको छ । राष्ट्रपतिको सञ्चार मन्त्रालयले २१ जुलाईमा उनको परीक्षण गरेको जानकारी दिएको थियो । यसअघि १४ जुलाईमा पनि भएको परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको थियो । बोल्सोनारोले जुलाई ७ मा कोरोनाको हल्का लक्षण पाइएको घोषणा गरेका थिए ।

संसारभरी कोरोनाभाइरसका हालसम्म १ करोड ५२ लाख ३५ हजार २०८ संक्रमित भेटिएका छन् । वर्ल्डोमिटर्सका अनुसार यीमध्ये ९१ लाख ९९ हजार ६ सय ३२ ठिक भइसकेका छन् भने ६ लाख २३ हजार ५ सय ७६ को मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्