काठमाडौँमा थपिए तीन जना संक्रमित, नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४२ पुग्यो

काठमाडौँ, साउन ७ । काठमाडौँमा पछिल्लो २४ घण्टा तीन जना कोरोना संक्रमित थपिएका छन्।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले काठमाडौँमा थप तीन जनामा कोरोना पुष्टि भएको जानकारी दिए।

प्रवक्ता डा। गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा दुई जना र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा एक जनामा कोरोना पुष्टि भएको हो।

यसैबीच नेपालमा बुधबार थप २ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४२ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्