आज थप १०० जनामा कोरोना पुष्टि , २ जनाको मृत्यु, एक जना चिनियाँ नागरिक

काठमाडौं । नेपालमा बुधबार थप १०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १८ हजार ९४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

यसैगरि बुधबार कोरोना संक्रमणबाट २ जनाको म‌ृत्यु भएको छ । महोत्तरीका ६० वर्षका पुरुष र काठमाडौंको शिक्षण अस्पतालमा एक चिनियाँ महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।पछिल्लो २४ घण्टामा थप २०७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १२ हजार ६८४ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

५ हजार ३७० जना सक्रिय संक्रमितको संख्या रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४२ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्