चार महिनादेखि बन्द त्रिवि अन्तर्गतका क्याम्पस खुले, परीक्षा कहिले ?
काठमाण्डौ , साउन ७ । चार महिनादेखि बन्द रहेका त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पस खुलेका छन् ।सरकारले लकडाउन हटाउने निर्णय गरैसँगै क्याम्पसहरु खुलेको विश्वविद्यालयले जनाएको छ । तर, क्याम्पसमा पढाइ भने भएको छैन ।
सरकारले नियमित पठनपाठन र पुस्तकालय खोल्न अझै रोक लगाएकाले अरु काम सञ्चालन गर्नेगरी क्याम्पस खुलेको विश्वविद्यालयले जनाएको छ ।
क्याम्पस खुलेसँगै त्रिविले स्थगित परीक्षा सञ्चालन गर्ने तयारी गरेको छ । चैतमा रोकिएको स्नातक र स्नातकोत्तर तहका परीक्षा तथा पठनपाठन सञ्चालन गर्नेबारे छलफल भैरहेको त्रिविले जनाएको छ ।
कोरोनाको सङ्क्रमण कम हुँदै गएमा भदौ पहिलो हप्ताभित्र परीक्षा गर्ने विश्वविद्यालयको तयारी छ । यता सरकारले मंगलबार राति १२ बजेदेखि लकडाउन अन्त्य भएको घोषणा गरेपछि क्याम्पसहरू खुलेका हुन्।
लकडाउनका बेला क्याम्पसका शिक्षक, कर्मचारीलाई दिइएको बिदासमेत सकिएको अधिकारीले बताए।विद्यार्थीहरू परीक्षाका लागि तयार रहेकोले स्वास्थ्य सुरक्षा मापदण्डअनुसार पूरानै प्रणालीअनुसार परीक्षा सञ्चालन गर्ने तयारीमा आफूहरू रहेको पनि उनले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस्