आज थप १५० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १७ हजार ९९४ पुग्यो

काठमाडौं, साउन ६ । नेपालमा मंगलबार थप १५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १७ हजार ९९४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले मंगलबारबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

२७ वटा प्रयोगशालामा ३९६३ जनाको पसीआर परीक्षण गरिएकोमा १५० जनामा कोरोना पोजेटिभ देखिएको हो । हालसम्म सक्रिय संक्रमितको संख्या ५ हजार ४७७ रहेको छ ।

हालसम्म नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४० पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

 ६०९ जना कोरोनामुक्त 

पछिल्लो २४ घण्टामा थप ६०९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १२ हजार ४७७ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

प्रतिक्रिया दिनुहोस्