काठमाडौको टोखामा पहिरोले पुरिएर दुई बालबालिकाको मृत्यु

काठमाडौं , साउन ६। काठमाडौको टोखामा पहिरोले पुरिएर दुई बालबालिकाको मृत्यु भएको छ । काठमाडौंको टोखा नगरपालिका-१ टाँसी डाँडामा पहिरोले पुरिएर दुई बालबालिकाको मृत्यु भएको हो ।

मंगलबार खाना खाने समयमा आएको पहिरोले पुरिएर स्थानीय ३र३ वर्षका सचिन राना र सन्धा रानाको मृत्यु भएको महानगरीय प्रहरी बृत्त महाराजगञ्जका डीएसपी रोशन खड्काले जानकारी दिए ।

डीएसपी खड्काका अनुसार मृत्यु हुने दुई बालबालिका जुम्ल्याहा हुन् । घटनाको थप विवरण आउन बाँकी छन् । भारी वर्षाका कारण देशभरका साना(ठूला गरी दुई दर्जनभन्दा बढी सडक अवरुद्ध भएको छ । निरन्तरको वर्षाले बाढी पहिरो जादा धेरैजसो ग्रामीण क्षेत्रका सडकहरु अवरुद्ध भएका हुन् ।

नदीमा पानीको बहाव बढी भई सडक भासिने, ठुलो पहिरो झर्ने र ढुंगा खस्ने, डाइभर्सन नदीको बाढीले बगाउने, सडकमाथिबाट पहिरो आइ बेलिब्रेज नदीले बगाउने लगायतका समस्याका उत्पन्न भइरहेको प्रहरलिे बताएको छ ।

प्रतिक्रिया दिनुहोस्