गण्डकी प्रदेशमा ९ जना संक्रमित थपिए

काठमाडौं , साउन ६ । पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा ९ जना कोरोना संक्रमित थपिएका छन् ।

म्याग्दी, बागलुङ र स्याङ्जामा ३÷३ जना संक्रमित थपिएका हुन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा २ जना र बेनी नगरपालिकामा एक जना संक्रमित भेटिएका छन् ।योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १३ सय २९ पुगेको छ ।

बागलुङको ताराखोला गाउँपालिकामा ३ जना । स्याङ्जाको फेदीखोला गाउँपालिकामा ३ जना संक्रमित भेटिएका गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्