धादिङ्गको त्रिपुरासुन्दरीमा पहिरो जाँदा तीन जनाको मृत्यु

काठमाडौं, ६ साउन। धादिङ्ग त्रिपुरासुन्दरी गाउँपालिका–६, गोलाङमा पहिरो जाँदा पुरिएर एकैपरिवारको तीन जनाको मृत्यु भएको छ ।

प्हिरोमा परेर मृत्यु हुनेमा त्रिपुरासुन्दरी गाउँपालिका–६, गोलाङका २५ वर्षीय मिलन खाँड, उनकी श्रीमती २२ वर्षीया सम्झना र छोरी अन्दाजी दुई वर्षीया अञ्जिता खाँड छन् ।
जिल्ला प्रहरी कार्यालय, धादिङका डीएसपी रुपक खड्काका अनुसार मध्यराति आएको पहिरोले घर पुरिएर तीनै जनाको मृत्यु भएको हो ।

अहिले घटना स्थलमा प्रहरी पुगि सकेको र स्थानीयको सहयोगमा मृतकहरुको शव निकालिएको प्रहरीले जनाएको छ ।

धादिङको गजुरी गाउँपालिका २ मलेखुमा गएको पहिरोमा परि मंगलबार एक १७ वषिय निरुता परियारको मृत्यू भएको थियो ।

अविरल वर्षाका कारण धादिङका विभिन्न ठाउँहरुमा क्षेति पुर्याएको छ । जसमा गजुरी गाउँपालिकाको भवनलाई क्षेति पुर्याएको छ, बेनीघाट रोराङ १० स्थित हुग्दी खोला र बाँदरेभिरको बीचको क्षेत्रमा आएको पहिरोले ४ वटा गाडी पुरेको हो भने पहिरोमा परेका ३ वटा गाडी त्रिशूली बगाएको छ ।

केही दिनयता अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढि आउने, पहिरो जाने र नदी किनारहरुमा डुबान भएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्