काठमाडौंमै पहिरोले पुरिएर एक जनाको मृत्यु

काठमाडौं , साउन ५ । काठमाडौंमै पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा पहिरोबाट एक जना युवकको मृत्यु भएको हो ।

कागेश्वरी मनोहरा नगरपालिका, गागलफेदीमा आइतबार साँझ गएको पहिरोबाट २२ वर्षीय नवराज गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले उनको मृत्यु भएको पुष्टि गरेका छन् ।

वडाध्यक्ष मुकुन्द गजुरेलका अनुसार गुरुङ र उनकी आमासहित अन्य व्यक्ति बाहिर निस्किएका वेला खुला ठाउँमा पहिरो गएको हो । ‘सँगै हिँडिरहेका वेला उनी खोल्सातिर गएछन्’, गजुरेलले भने, ‘त्यति नै वेला माथिबाट पहिरो आएर थिचेछ । कराएपछि अरु पुगेर १० मिनेटमै निकालेछन् यद्यपि, ज्यान जोगिएन ।’

नगरपालिकाका मेयर कृष्णहरि थापाका अनुसार नगरपालिकाका विभिन्न ठाउँमा पहिरो गएका छन् ।उनको शव त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टमका लागि लगिएको बौद्ध प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्