काठमाडौँ उपत्यकाका थप तीन जनामा कोरोना पुष्टि

काठमाडौं, साउन ४। पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकाका थप तीन जनामा कोरोना पुष्टि भएको छ।

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा। जागेश्वर गौतमले उपत्यकाका थप तीन जनामा कोरोना पुष्टि भएको बताए।

प्रवक्ता गौतमका अनुसार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा गरिएको परीक्षणमा भक्तपुरका २ र काठमाडौँका १ जनामा कोरोना पुष्टि भएको हो।

त्यस्तै नेपालमा पछिल्ले २४ घण्टामा थप १५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
प्रवक्ता गौतमका अनुसार आज ३ हजार ७४१ जनाको पीसीआर परीक्षण गरिएको थियो।अहिलेसम्म ११ हजार ६९५ जना संक्रमित निको भएको प्रवक्ता गौतमले बताए।

त्यस्तै नेपालमा पछिल्ले २४ घण्टामा थप ५८ जनामा कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन्।

प्रतिक्रिया दिनुहोस्