आज थप १०१ जनामा कोरोना पुष्टि , ६६ प्रतिशत डिस्चार्ज

काठमाडौं , साउन २ । पछिल्लो २४ घण्टामा नेपालमा १०१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बिहीबार थप १०१ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा संक्रमितको संख्या १७ हजार चार सय ४५ पुगेको छ।

प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा २८५ जनाले कोरोना जितेका छन्। योसँगै डिस्चार्ज हुनेको संख्या ११ हजार पाँच सय ३४ पुगेको छ।

योसँगै नेपालमा कोरोना जित्नेको संख्या ६६ प्रतिशत माथि पुगेको छ। हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या ११ हजार ५३४ जना रहेको छ । नेपालमा कोरोना सङ्क्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या ४० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्