नेपालमा कोरोनाबाट थप एकको मृत्यु, मृत्यु हुनेको संख्या ४० पुग्यो

काठमाडौं , साउन २ । नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत सप्तरी राजविराज नगरपालिका–१ घर भएका ७३ वर्षीय वृद्धको मृत्यु भएको हो ।

यो सँगै कोरोनाबाट मुलुकभर मृत्यु हुनेको संख्या ४० पुगेको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता डाक्टर निदेश सापकोटाका अनुसार मृतक मधुमेह, उच्च रक्तचाप र मुटु रोगको उपचारका लागि अस्पताल भर्ना भएका थिए ।

उनको उपचारका क्रममा बुधबार नै स्वाब संकलन गरिएको थियो । बिहीबार कोरोना पोजेटिभ रिपोर्ट आएपछि उनलाई आइसोलेसनमा भर्ना गरिएको थियो । आइसोलेसनमा उपचारका क्रममा बिहीबार मृत्यु भएको थियो ।उनको शवलाई प्लास्टिकले बेरेर राखिएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको मृत्यु भएको यो पहिलो घटना हो ।

प्रतिक्रिया दिनुहोस्