नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३९पुग्यो, कुन प्रदेशमा कति ?

काठमाडौं, साउन १ । नेपालमा हालसम्म कोरोनाको कारण ३९ जनाको ज्यान गएको छ ।प्रदेश नं १ मा हालसम्म कोरोनाको कारण कसैको पनि ज्यान गएको छैन् । त्यस्तै कुल मृतक मध्ये सबैभन्दा धेरै प्रदेश नं ५ मा १० जनाले कोरोनाको कारण ज्यान गुमाएका छन ।

कर्णाली प्रदेशमा कोरोनाका कारण ४ जनाको मृत्यु भएको छ ।नेपालमा गएको २४ घण्टामा थप १ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने २ सय १३ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

कुन प्रदेशमा कति छन् मृतक ?

प्रदेश नं १ मा शुन्य

प्रदेश नं २ मा ५ जना

बाग्मती प्रदेशमा ९ जना

गण्डकी प्रदेशमा ५ जना

प्रदेश नं ५ मा १० जना

कर्णाली प्रदेशमा ४ जना

सुदूरपश्चिम प्रदेशमा ६ जना

नेपालमा विहीबार थप १६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १७ हजार ३४४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले विहीबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

पछिल्लो २४ घण्टामा ४ हजार ९८१ जनाको परीक्षण भएकोमा १६७ मा कोरोना पुष्टि भएको हो

पछिल्लो २४ घण्टामा थप २१३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ११ हजार २४९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्