भोलिदेखि अनलाइन कक्षा बन्द , शिक्षक-कर्मचारीलाई बेतलबी घरबिदा (विज्ञप्तिसहित)
काठमाडौं, असार ३१ ।निजी विद्यालय सञ्चालकहरूले साउन १ गतेदेखि देशैभर अनलाइन कक्षा रोक्ने भएका छन्। प्याब्सन र एन प्याब्सन अन्तर्गतका निजी विद्यालयहरूले साउन १ बाट अनलाइन कक्षाबाट हुँदै आएको पठनपाठन बन्द गर्ने घोषणा गरेका छन्।
आज बसेको दुई संगठनको बैठकले सरकारले आफूहरूका माग सम्बोधन नगरेको भन्दै पठनपाठन ठप्प पार्ने निर्णय गरेको हो।
उनीहरूले अनलाइन कक्षा बन्द गर्दै शिक्षकलाई बेतलबी घर बिदामा राख्ने उल्लेख गरेका छन्। असार १ गतेदेखि उनीहरूले वैकल्पिक विधिबाट पठनपाठन सुरू गरेका थिए।
सरकारले निजी विद्यालयका विषयमा कुनै निर्णय गर्न नसकेको उनीहरूको आरोप छ।
उनीहरूले असार १ गतेबाट औपचारिक रुपमा सञ्चालन गरेका अनलाइन र टेलिभिजनबाट सञ्चालन भैरहेको भर्चुअल कक्षा ठप्प पार्ने निर्णय गरेको हुन्।
आर्थिक समस्याका कारणले शिक्षण सिकाइ क्रियाकलापलाई निरन्तरता दिन नसकेको उनीहरूको भनाइ छ। शिक्षा मन्त्रालयले असार २१ गते गरेको सहमतिअनुसार ठोस निकास दिन नसकेको पनि उनीहरूको भनाइ छ।
प्रतिक्रिया दिनुहोस्