विप्लव समूहका पोलिटब्युरो सदस्य पुुन पक्राउ

काठमाडौं, ३१ असार । नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहका पोलिटब्युरो सदस्य एवं मेची महाकाली ब्युरो इञ्चार्ज ओमप्रकाश पुन पक्राउ परेका छन् । पुुन कैलालीमा पक्राउ परेका हुन् ।

विप्लव समूह स्रोतले पुन पक्राउ परेको स्वीकार गरेको छ । कैलाली प्रहरी प्रमुख एसपी अनुपम शमशेर जबराले भने एक जना नेता पक्राउ परेको र उनलाई जिल्ला कार्यालय तर्फ ल्याउने काम भइरहको बताए । त्यस्तै
समूहले भने पुनकी श्रीमती महिला इञ्चार्ज पूर्णिमा धामीलाई पनि प्रहरीले पक्राउ गरेको जनाएको छ ।

पुन समूहभित्र सरकारसँग वार्ता गर्नुपर्छ भन्ने मान्यता राख्ने पक्षका नेता हुन् । सरकारले वर्ताका लागि वातावरण बनाए आफूहरु तयार रहेको उनले विभिन्न सञ्चार माध्यमहरुमा बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्