नेपालका यी ६ जिल्ला भए कोरोनामुक्त, कुन – कुन परे ?

काठमाण्डौ , असार २६ । सरकारले ६ वटा जिल्लामा कोरोना सङ्क्रमित नरहेको जनाएको छ ।

भोजपुर, सोलुखुम्बु, धनकुटा, मुस्ताङ, हुम्ला र मनाङमा एक जना पनि सङ्क्रमित नभएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यी जिल्लामा यसअघि सङ्क्रमित भेटिए पनि सङ्क्रमण पुष्टि भएका सबै निको भएर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । यस्तै अरु जिल्लामा कोरोनाको संख्या घटिरहे पनि काठमाडौं उपत्यकामा भने बढिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्