पूर्वराजा भारत जाँदै, जुट्दै सहमति

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह छिट्टै भारत भ्रमणका लागि जाने तयारी गरेका छन् । निरन्तरको भ्रमणले राजनीतिक सहमति नजिक पुगेको स्रोतहरु बताउँछन् ।

गत पुस तेस्रो साता भारतको उत्तरप्रदेशका मुख्य मन्त्री ओगी आदित्यनाथको विशेष आग्रहमा लखनउ गएपछि भएका विभिन्न भेट र आश्वासनले पनि पूर्वराजपरिवारलाई केही सहज महसुस भएको छ ।

यसपटक पनि फेरि आदित्यनाथको गतिविधिले काम गरिरहेको छ । आदित्यनाथका केही सहयोग यतिबेला काठमाडौंमा रहँदा उता पुर्वराजा पूर्वरानी कोमलसंगै अर्को साता भारतको जगन्नाथ पुरी मन्दिर दर्शन गर्न जाने कार्यक्रम छ ।

पूर्वराजालाई त्यहाँका महाराजा र शंकराचार्यको विशेष निम्तो आएको स्रोतले बताएको छ । पूर्वराजा लखनउ गएकै बेलामा उनको जगन्नाथ पुरी दर्शन गर्ने कार्यक्रम तय भएको हो ।

उनी भारतमा एक हप्ता रहने कार्यक्रम तय भएको छ । स्रोतका अनुसार पूर्वराजा भारतमा एक हप्ता रहने छन् ।

स्रोत भन्छ – यतिबेला मुलुकमा राजनीतिक अस्थिरता बढेकाले फेरि  नेपाललाई हिन्दू राज्य कसरी बनाउन सकिन्छ भन्नेमा पहल भइरहेको छ । यो पहल केही हदसम्म सफलतातिर पुगेको छ ।

हिन्दूराज्यका लागिमात्र पूर्वराजाको सक्रियता यति बढी हुनसक्छ र ? भन्ने प्रश्नमा स्रोत भन्छ –‘हिन्दू राज्य भएपछि राजसंथा पनि समेटिने प्रयास भइरहेको छ ।’

यस विषयमा नयाँ सरकारको नेतृत्व गर्दै रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसंग पनि छलफल भइरहेको बुझिन्छ ।

ओली पनि सकारात्मक रहेको स्रोतको दावी छ । घटनाले नयाँ मोड नलिए राजसंस्थाको कुनै न कुनै रुपमा उपस्थिति हुने निश्चित रहेको पनि स्रोतको दावी छ ।

प्रतिक्रिया दिनुहोस्