काठमाडौं उपत्यकामा थपिए २३ जना संक्रमित , कुन जिल्लामा कति ? (विवरणसहित)
काठमाडौं, असार २४ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २३ जना कोरोना भाइरस संक्रमित थपिएका छन।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार काठमाडौं उपत्यकामा २३ जना संक्रमित थपिएका हुन् । जसमध्ये राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौंका ६ जना, पाटन अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका १० जना र ललितपुरका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
कुन जिल्लामा कति ?
नयाँ संक्रमित हुनेहरुमा झापाका ८, तेर्हथुमका १, सुनसरीका ३, ईलामका २, मोरंगका ४, सिरहाका २, सप्तरीका ४, बाराका १, अछामका २२, बैतडीका २, बझाङ्गका ४, दार्चुलाका १, डोटीका ८, गोरखाका २, कैलालीका १९, काठमाडौँका १६, सर्लाहीका ३, चितवनका ५, कन्चनपुरका १२, नवलपरासी पूर्वका ३, रौतहटका ३३, दाङ्गका ५, धादिङ्गका १, दोलखाका १, कास्कीका २, काभ्रेपलान्चोकका २, ललितपुरका ७, लामजुङ्गका १, रामेछापका २, सिन्धुपाल्चोकका १, म्याग्दीका १, गुल्मीका ३, पाल्प्लाका ५, प्युठानका १, बाँकेका २, कालिकोटका १, रुकुम पश्चिमका ७, सुर्खेतका १४, जाजरकोटका १, दैलेखका ५, मुगुका २, डडेलधुराका २, र डोटीका ४ जना रहेका छन्।
यो सँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या १६ हजार ४ सय २३ पुगेको छ । पछिल्लो २४ घण्टामा २५३ डिस्चार्ज भएसँगै डिस्चार्ज हुनेको संख्या ७७५२ पुगेको छ भने कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३५ रहेको छ ।
प्रतिक्रिया दिनुहोस्