हावाबाट कोरोना सर्ने प्रमाण भेटिएको डब्ल्यूएचओद्वारा स्वीकार
काठमाडौं, असार २४ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले हावाबाट कोरोना भाइरस सर्ने प्रमाण भेटिएको स्वीकार गरेको छ । हावाबाट भाइरस फैलिने आशंकालाई इन्कार गर्न नसकिने भन्दै यी प्रमाणहरुलाई एकत्रित गरेर अनुसन्धान गर्ने काम जारी राखेको डब्ल्यूएचओले बतायो ।
यसअघि ३२ देशका २३९ बैज्ञानिकहरुले हावाबाट कोरोना सर्ने अध्ययनले देखाएकोले आफ्नो कोरोना बारेको मापदण्डमा परिवर्तन गर्न डब्लुएचओलाई चिट्ठी लेखेर अनुरोध गरेकोमा उसले अस्विकार गरेको थियो ।
डब्लुएचओकी टेक्निकल डाक्टर मारिया भान केरखोवले हावाबाट कोरोना फैलिने विषय अहिले पनि अध्ययन मै रहेको भएपनि केहि प्रमाण भेटिएको बताएकी छन् । डब्लुएचओले खासगरी भिडभाड ठाउमा कम हावा भएको ठाउमा र बन्द कोठामा हावाबाट कोरोना भाइरस फैलिने आशंकाबाट अस्विकार गर्न नसकिने जनाएको छ । साथै डब्लुएचओले यस बारेमा अझै विस्तृत अध्ययन जारी रहेको बताएको छ ।
यसअघि डब्लुएचओले कोरोना भाइरस मुख्यरुपमा व्यक्तिको नाक र मुखबाट निस्केको सुक्ष्म छिटाबाट सार्ने बताएको थियो । डाक्टर मारियाले कोरोनाको प्रसार रोक्न ठुलो स्तरमा रोकथामको उपायको जरुरी भएको बताउदै यसमा सामाजिक दूरी र मास्कको प्रयोग जस्ता नियम अनिवार्यरुपमा पालना गर्नुपर्ने बताइन् । एजेन्सी
प्रतिक्रिया दिनुहोस्