निर्देशक कुलमान घिसिङका पिता कृपासिंहको निधन

काठमाडौं, २२ आसार । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका पिता कृपासिंह घिसिङको निधन भएको छ । बाथरुम जाने क्रममा बेहोस पछि उनलाई  मेडिकेयर हस्पिटल लगिएको थियो । उपचारकै क्रममा आइतबार राति ९६ वर्षको उमेरमा उनको निधन भएको हो ।

९८ वर्षीय घिसिङ बाथरुम जाने क्रममा बेहोस पछि उनलाई  मेडिकेयर हस्पिटल लगिएको र त्यहीँ उनको राति १० बजे निधन भएको हो । उनलाई कुनै दीर्घरोग नभएको पारिवारिक स्रोतले जनाईएको छ ।

स्वर्गीय घिसिङका कार्यकारी निर्देशक कुलमान घिसिङ सहित ६ छोरा र ३ जना छोरी छन् । उनकी श्रीमतिको केही वर्षअघि नै निधन भइसकेको थियो । घिसिङको परम्परागत विधि अनुसार काठमाडौंको स्वयम्भूमा अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।  घिसिङको स्थायी घर रामेछापको सुनापति गाउँपालिका, ४ छ ।

फोटोः राजाराम वर्ताैलाको फेसबुक वालबाट

प्रतिक्रिया दिनुहोस्