काठमाडौंको ढलमा पनि भेटियो कोरोना भाइरस, समुदायमा फैलिएको आशंका

काठमाडौं, असार २० । पछिल्लो समय उपत्यका भन्दा बाहिरि जिल्लामा कोरोनाका सँक्रमित बढेका छन् । तर उपत्यका बढेका छैनन् भनेर अब भने लापर्वाही गर्नु उचीत छैन किन भने काठमाडौं उपत्यकाको ढलमा कोरोना भाइरस भएको पाइएको छ ।

सेन्टर फर मलिकुलर डायनामिक्सले गरेको इन्भारोमेन्टल सर्भिलेन्सलमा काठमाडौं उपत्यकाका विभिन्न स्थानको ढल परीक्षण गर्दा कोरोना भाइरस भएको पत्ता लागेको हो ।

ढलमा कोरोना भाइरस भएको अनुसन्धान गरेका मुख्य अनुसन्धानकर्ता डा. दिवेश कर्माचार्यले पछिल्लो १४ दिन भित्र ढलबाट लिइएको नमुनाको जेनिटिभ अध्ययनमा ढलमा कोरोना भाइरस देखिएको जनाकारी दिएका हुन ।

डा कर्माचार्यका अनुसार काठमाडौं उपत्यकाका एकसय घरको शौचालयको ढल एकै स्थानमा जाने मुख्य चार स्थानमा ढलको नमुना लिइएको थियो । त्यसमध्ये २ स्थानमा ढलको पानीमा कोरोना भाइरस भेटिएको हो ।

काठमाडौंमा ढलमा कोरोना भाइरस भएको पाइएपछि विज्ञहरुले काठमाडौं उपत्यकामा कोरोना भाइरस फैलिएको हुनसक्ने आशंका गरेका छन् ।‘काठमाडौ.मा अब यस्तो भइरहदा अब समुदायमा कोरोना हुनसक्छ यसैले अब सबैजनाको परीक्षण गर्न जरुरी छ । परीक्षणको दायरा बढाउनुपर्छ।

पछिल्लो समय सरकराले लकडाउन खुकुलो बनाएसँगै बजारमा पनि भिडभाड बढेको छ । यसैले यसमा आफै सजक र सचेत रहौं र रोग लाग्नबाट बचौं ।

प्रतिक्रिया दिनुहोस्