‘म अनि म जन्मिएको त्यो मेरो प्यारो गाउँ’
म जन्मेको म खेलेको हुर्केको मेरो जन्मभुमी हो प्यारो बोगटान फुड्सी गाउपाली वडा नम्बर 6 गागुडा डोटि अदुराडी ! खै कसरी र कुन शब्दबाट वर्णन गरौ म जन्मिएको मेरो प्यारो ठाउँको अहं म सँग कुनै शब्द छैन् । हरियाली डाँडा ,भञ्ज्याङ, चौतारी, वन जंगल गर्दै उकाली ओराली अनि प्राकृतिक रुपमा सुन्दर अति रमणीय त्यो मेरो प्यारो जन्मभुमी !
मलाई मुटु भन्दा पनि प्यारो लाग्छ। स्वर्गको एउटा टुक्रा जस्तो लाग्छ। किनकी, त्यो मेरो प्यारो जन्मभूमि हो। जहाँ मेरो बाल्यकाल बितेको छ। यसरी ति पहाडाडका हरियाली डाडाकाडा उकाली ओराली गर्दै गर्दा आज आएर मनमा निकै सम्झनाले सतायो अनि दुइ चार शब्द लेख्न मन लाग्यो ।
मेरो बाल्यकाल यहि ठाउँमा बित्यो, ठ्याकै उमेर त थाहा भएन , तर म कक्षा ३ सम्म यहि प्यारो गाउँमा रहेको स्कुलमा पढे, ३ कक्षा सम्म पढ्दा स्कुल अलि टाढै थियो जँगल नै जंगलको बाटो भएर जान पथ्र्यो , हामी दिदिबहिनि सँगै जान्थ्यौं निकै रमाइलो गर्दै बाटोमा झगडा पनि हुन्थ्यो कहिले काँही जंगलको बाटो भएर पनि मनमा डर पनि लाग्थ्यो । पढ्ने मात्र होइन , दाउँरा , घाँस पात अनि गोठाला पनि त्यतिकै जान पथ्र्यो । म सानै भएपनि ति बाल्यकालका तितिमिठा यादगर पल आज सम्म आइपुग्दा मनमै ताजै छन् ।
खै कसरी बिर्सनु र ति बाल्यकालका याद र मेरो त्यो खेलेको ठाउँ, गोठाला र मेला पात गएको ठाउँ , जन्मभुमी छोडेर तराइ आएको १५ वर्ष जति भयो होला । कक्षा ३ सम्म पढेर म जन्मभुमी छोडेर तराइ झरेको आज १५ वर्ष भयो तर के गर्नु मेरो गाउँमा बिताएका ति पल मनमा ताजै छन् जो बेला बेला मायाले झस्कउँछ । सानै छदाका मिठा, नमिठा, राम्रा, नराम्रा सबै यादहरू अझै पनि यो मनमा ताजा छन्। हाँस्दै, खेल्दै, झगडा गर्दै हुर्किएका ति साथीसङ्गीको सम्झनाहरु मिठा छन्।बिहान विद्यालय जान हतारो, बाख्रा, वस्तु लाई घाँस, स्याउला काट्न साथीहरूसंग जानै पर्ने। कति रमाइला त कति सम्झँदा दुःख वा भयभीत लाग्ने ती पाखा पखेरीमा भएका डरलाग्दा पलहरु नी अझै ताजा छन्। गट्टा, कबडी खलेका ति खेल मनमै छन् ।
कति रमाइला थिए त्यो पल अझै पनि त्यही समय फर्किएर आए हुन्थ्यो जस्तो लाग्छ। मुसुक्क मुस्कुराउन मन लाग्छ। प्रत्येक वर्ष यहाँ बिभिन्न चाडपर्व, औँशी, पूणिर्मा लगायत महत्वपूर्ण धार्मिक पर्वहरु हुन्छन, जस्तैः नेपाली नयाँ वर्ष, माघे सङ्क्रान्ति, होली, दशैँ, तिहार, देविदेउता पुज्ने आदि आउँदा अजै पनि त्यहि ठाउँको यादले सताउँछ । हाम्रा परम्परा रितिरिवाज नै भिनै प्रकारका थिए । आफ्नै मौलिक परम्परा र पहिचान झलझल्ती देख्दा मेरो मन गर्वले प्रफुल्लित हुन्छ।
ति घना जङ्गलमा चराचुरुङ्गीहरू कराइरहेका हुन्थ्य हामी सबै गोठाला जाँदा । त्यो बेला ठुलो जङ्गलमा त बाघ पनि आउन सक्छ होला भन्ने आभास पनि हुन्थ्यो तर हामी नडराइ ति रमाइला जंगलमा रमाइ रहन्थ्यौ ।अहिले पनि त्यो दिन मेरो सम्झनामा ताजै छ। राती राती एक ठाउँबाट अर्को ठाउँमा भारी बाकेर ल्याउने गर्नु पथ्र्यो । ति धाराको पानी अनि ति हरियाली डाडाकाडामा फेरि पनि जान मनछ एक चोटी । आज निकै सम्झना आयो रत यसरी शब्दमा पोख्न मन लाग्यो ।
छोड्न मन त थिएन तर समयले जता लग्यो उत्तै जानु पर्ने रहेछ । प्यारो गाउँ नछोडी भएन सबै तराइतिर आए । अनि हामी नि आउनै पर्यो । अहिले कयौं वर्ष भयो नगएको घरी घरी सम्झनाले सताउने गर्छ त्यो ठाउँको मायाले । लाग्छ कति बेला पुगौ झै । अहिले म काठमाडौंमा छु यसरी आज मेरो ठाउँ र यादगरपलहरुलाई शब्दमा सम्झन मन लाग्यो ।
म जहाँ भए पनी मेरो मानसपटलबाट कहिले नहट्ने त्यो प्रतिविम्ब हो ‘मेरो गोठाला जाँदा र ती हरियाली वस्ती ’। बाल्यपन देखी आज सम्मपनि दैनिकरूपमा ‘ गोठाला जाँदा र ती हरियाली वस्ती ’लाई सम्झन्छु, सधैँ सम्झिरहन्छु। अनि मेरो स्नेह कहिले मर्ने छैन।
त्यो जन्मभुमि! मेरो बाल्यकाल त्यो न्यानो काखमै हाँस्दै, खेल्दै बित्यो, ती कुना कन्दरा सधैँ मेरो जीवनका अमित छाप बनी बसेका छन्। तथापि समयले कोल्टे फेरेर टाढा बन्न बाध्य बनायो , उसो त म छोरी मान्छे , छोरी मान्छेको जन्म एउटा ठाउँ कर्म अर्को ठाउँमा हुन्छ तर पनि आफ्नो जभ’मी आफ्नो खेलेको ठाउँ जहाँ गएपनि बिर्सन सकिदैन् । म जस्ता थुप्रै जन्मभूमि प्रेमि होलान त्यस मध्य म पनि पर्छु’ । यो नेपालको राजधानी काठमाडौंबाट मेरो तर्फबाट धेरै धेरै माया र सम्झना छ प्रिय ‘ अदुराडी ।
हरियाली ले भरिएरको छ सानो मेरो गाउँ!!
सम्पदाको धनी अति सुन्दर हाम्रो ठाउँ !
लाग्छ अहिले नै हाम फालेर जाऊ !
पार्वती पाठक, कैलाली, हाल काठमाडौं
प्रतिक्रिया दिनुहोस्