बीपी राजमार्ग र हुम्लाको हिल्सा–सिमकोट सडक खण्ड पनि अवरुद्ध
काठमाडौंं, ३१ बैशाख । वर्षका कारण बीपी राजमार्ग न्द गरिएको छ । बीपी राजमार्ग अन्तर्गत पर्ने यो खण्डमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै सवारी सञ्चालनमा रोक लगाइएको हो । यो मार्ग काभ्रेपलाञ्चोकको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी हुँदै सिन्धुली जाने सडक पर्दछ ।
यो खण्डमा आज साँझ ७ बजेसम्मका लागि सम्पूर्ण सवारी साधन सन्चालनमा रोक लगाइएको नेपाल प्रहरीले जनाएको छ । बाढीका कारण वैशाख २१ गते साँझ ५ बजेदेखि नै यो सडक खण्डका विभिन्न स्थानमा अवरोध हुँदै आएको थियो ।
यसैगरी, हुम्लाको हिल्सा–सिमकोट सडक खण्ड पनि अवरुद्ध छ । जिल्लाको नाम्खा गाउँपालिका–२ च्यादुक क्षेत्रमा सडक विस्तारको काम भइरहेका कारण हिल्सा–सिमकोट सडक खण्डमा आवागमन बन्द गरिएको हो ।
च्यादुक होटलदेखि च्याछरासम्म सडक खन्ने क्रममा माथिबाट ढुङ्गा र माटो खस्ने जोखिम बढेकाले यही जेठ २ गतेसम्मका लागि यातायात सञ्चालन रोकिएको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया दिनुहोस्