जनजातीको अधिकार कार्यान्वयनमा जोडः वरिष्ठ नेता पौडेल

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानमा लेखिए अनुसार आदिवासी तथा जनजातीको अधिकार कार्यान्वयनमा जोड दिनुपर्ने बताएका छन् ।
आज नेपाल आदिवासी जनजाति संघद्वारा आयोजित ‘संविधानमा आदिवासी जनजातिको हक, अधिकार र नेपाली काँग्रेसमा जनजातिको भविष्य’ विषयक गोष्ठीमा उनले उत्पीडित वर्गलाई समावेश गरेर माथि उठाउने सिद्धान्त काँग्रेसले मात्र अवलम्बन गरेको दाबी गरे ।

जनजाति वर्गको उत्थानका लागि पार्टीको तर्फबाट आवश्यक काम गरिरहेको उनले बताए ।

उहाँले देशलाई आर्थिक रुपले सवल बनाउन कृषि क्रान्ति गर्नु जरुरी रहेको उल्लेख जोडदिए।
समावेशीको सिद्धान्तलाई व्यवहारमा ल्याउन संसदीय प्रणाली नै उचित रहेको नेता पौडेलको भनाइ थियो ।

नेपाली काँग्रेसका मुख्य सचेतक चिनकाजी श्रेष्ठले समावेशी र समानुपातिक प्रणाली राज्यको हरेक निकाय तथा पार्टीको सबै तह र तप्कामा कार्यान्वयन हुनुपर्ने औंल्याए ।

संघका अध्यक्ष इन्द्रबहादुर गुरुङले आदिवासी जनजातिको उत्थानका लागि पार्टी र राज्यले समावेशीको सिद्धान्तलाई मजबूत पनाउनु पर्नेमा जोड दिए।

प्रतिक्रिया दिनुहोस्