रसुवामा पनि भेटियो कोरोना , देशका ७७ जिल्लामै फैलियो संक्रमण
काठमाडौं, असार १३ । देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा पछिल्लो २४ घण्टामा ५५४ जना संक्रमित थपिएका छन्। यो सँगै नेपालमा ७७ जिल्लमा कोरोना संक्रमण पुष्टि भएको छ।
शनिबार स्वास्थ्य तथा जनसंख्या मनत्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले संक्रमण हुन बाँकी रहेको रसुवामा पनि संक्रमित भेटिएको बताए।
पछिल्लो समयसम्म पनि रसुवा जिल्लामा भने कोरोना पुगेको थिएन।
त्यस्तै आज १८ महिला र ११८ पुरुष गरी १३६ जनाले कोरोनालाई जितेर डिस्चार्ज भएका छन्। हालसम्म कोरोनाबाट डिस्चार्ज हुनेको कुल संख्या दुई हजार ८ सय ३७ पुगेको छ।अहिलेसम्म कोरोना जित्नेको संख्या २८ सय ४३ पुगेको छ । मृतकको संख्या भने २८ पुगेको छ ।















प्रतिक्रिया दिनुहोस्