पाँचथरमा जीप दूर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु, आधा दर्जन घाईते

काठमाडौं। पाँचथरको याङवरक गाउँपालिका वडा नम्बर ३ ओयामको भन्ज्याङमा गएराति भएको सवारी दूर्घटनामा परेर दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेमा सवारी चालक स्थानिय १८ वर्षीय प्रवेश योङया र १६ वर्षीय सन्दिप योङया रहेका छन् । यस्तै दूर्घटनामा परेर आधा दर्जन घाइते भएका छन् ।

घाइते हुनेहरुमा याङवरक ३ वस्ने भिम योङया, प्रकाश योङया, प्रदिप राई, लक्ष्मण राई, मनोज गुरुङ र इशाक योङया रहेका छन् । उनीहरुको जिल्ला अस्पताल पाँचथरमा उपचार सम्भव नभएपछि झापाको विर्तामोड तर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्षक बामदेव गौतमले जानकारी दिए ।

ओयाम बाट फिदिम तर्फ आउँदै गरेको ग १ ज ६०८५ नम्बरको जिप गएराती ११ बजेतिर बे्रक फेल भएर सडक बाट करिब ३ सय मिटर तल खसेर दूर्घटनामा परेको थियो ।

प्रतिक्रिया दिनुहोस्