पछिल्लो २४ घण्टामा १९६ जना कोरोनामुक्त भइ अस्पतालबाट डिस्चार्ज भए

काठमाडौं, असार ७ । नेपालमा पछिल्लो २४ घण्टामा १९६ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ हजार ७७२ पुगेको छ । जसमध्ये १४९ महिला र १६२३ पुरुष रहेका छन् ।

नेपलामा आइतबार थप ४२१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ हजार २६ पुगेको छ ।

नयाँ थपिएका संक्रमित मध्ये ३५७ पुरुष र ६४ महिला रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्