आज ४२१ कोरोना सङ्क्रमित थपिए , कुल सङ्ख्या नौ हजार नाघ्यो

काठमाण्डौँ, असार ७ । नेपालमा थप ४२१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ४ सय २१ संक्रमित थपिएको जानकारी दिए। यीसहित संक्रमितको संख्या ९ हजार २६ पुगेको छ।

त्यस्तै यस दिन १९४ जना कोरोनाबाट निको भएर घर फर्किएका छन्। निको हुनेमा १८६ पुरुष र ८ महिला छन्। यीसहित कुल निको हुनेको संख्या १ हजार ७ सय ७२ पुगेको छ। त्यस्तै मृत्यु भएका २३ जनामा कोरोना पुष्टि भएको छ।

विगत २४ घण्टामा ८ हजार ६ जनाको पिसिआर परीक्षण गरिएको छ। हालसम्म १ लाख ७५ हजार बढीको पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्