१ लाखसहित नुवाकोटमा १० जुवाडे पक्राउ
काठमाडौं, असरा ७ । नुवाकोटको बिदुर नगरपालिका–२ स्थित सतनचुली होटलमा जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ परेका छन् । उनीहरुको साथबाट नगद १ लाख ६ हजार ३५ रुपैयाँ र ३ बुक तास बरामद भएको छ ।
पक्राउ पर्नेहरुमा बिदुर नगरपालिका–२ बस्नेहरु होटलका सञ्चालक २८ वर्षीय दिलबहादुर तामाङ, ५१ वर्षीय ठाकुर पुडासैनी, ३४ वर्षीय दीपक सिंखडा, ५१ वर्षीय पदम उप्रेती, ३५ वर्षीय दिपेन्द्र वली, ३७ वर्षीय विष्णु न्यौपाने, ३३ वर्षीय वासु गजुरेल, ४० वर्षीय डम्मर श्रेष्ठ, ४८ वर्षीय नारायणजी राई र ३४ वर्षीय भीम खतिवडा रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरीले उनीहरुलाई जुवातास खेलिरहेको अवस्थामा उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।















प्रतिक्रिया दिनुहोस्