भारतमा एकैदिन ३०६ कोरोना संक्रमितको मृत्यु

काठमाडौं , असार ७ । भारतमा पछिल्लो २४ घण्टामा थप १५ हजार ४१३ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

त्यहाँको केन्द्रीय स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा मात्रै ३०६ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।

भारतमा हालसम्म कुल मृतकको संख्या १३ हजार २५४ पुगेको छ भने ४ लाख १० हजार ४६१ जनामा संक्रमण पुष्टि भइसकेको छ । जसमध्ये २ लाख २७ हजारभन्दा बढि संक्रमित निको भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्